हेटौंडा – स्कुल बसको ठक्करबाट काठमाडौंकोमा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका ६ चोभार गेट नजिकै आज ना १ क १६६२ नम्बरको स्कुल बसले बाग्मती बी एएए २९०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट बझाङको जयपृथ्वी नगरपालिका घर भई काठमाडौंको हलचोक स्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा कार्यरत सशस्त्र प्रहरी जवान सुवास चन्द्र रतलाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा रतलाको साढे १० बजे मृत्यु भएको हो ।
मोर्डन इन्डियन स्कुलको बसले रतला सवार मोटरसाइकललाई आज(आइनबार) बिहान ९ बजे ठक्कर दिएको थियो । बस सहित चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कीर्तिपुरले जानकारी दिएको छ ।