हेटौंडा – टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौँको कलंकीमा बा ५ ख ७३४५ नम्बरको टिपरले बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धादिङको धुनिवेशी नगरपालिका २ बस्ने ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका उनको महाराजगंज स्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । थानकोटबाट स्यवम्भुतर्फ आउँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको टिपरले बुधबार बिहान ३ बजे ठक्कर दिएको हो । दुबै सवारी साधन र टिपर चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रिणमा लिएको छ ।