प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

गाउँपालिका अध्यक्ष लामासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

२०७९ पौष ४, सोमबार ०६:५० बजे

काठमाडौँ – तेमाल गाउँपालिका काभ्रेपलाञ्चोकका तत्कालीन अध्यक्ष सलाम सिंह लामा, प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछानेसहित सात जना उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आरोपमा आयोगले अध्यक्ष, प्रशासकीय प्रमुख, व्यवसायीसमेत मिलेमतो गरी नदीजन्य पदार्थ उत्खनन गरेर राजस्व चुहावट गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।