हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका र मातहतका ९ वटै वडा कार्यालयबाट प्रबाह हुँदै आएको सेवा पुस २९ गते आइतबार बन्द हुने भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले सुचना पत्रमार्फत सो दिन पालिकाको १४ औँ हिउँदे अधिवेशन हुने भएकोले पालिका र वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द हुने जानकारी दिए ।
जनप्रतिनिधि तथा कर्मचारीहरु गाउँसभा सहभागी हुनुपर्ने भएको हुँदा उक्त दिन गाउँपालिका र मातहतका ९ वटै वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक सम्पूर्ण बन्द रहने प्रशासकीय अधिकृत सुवेदीद्वारा जारी सुचनामा उल्लेख छ ।