हेटौंडा – मकवानपुरमा एक महिला आफ्नै घरको कोठाभित्र मृत अवस्थामा फेला परेकी छिन् । इन्द्रसरोवर गाउँपालिका ४ की ४८ वर्षीया कान्छी माया भोलन शनिबार आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
भोलन आफ्नै घरभित्र मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार मृतक महिला घरमा एक्लै बस्दै आएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।