प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

जंगली हात्तीको आक्रमणबाट भट्टराईको मृत्यु

२०८१ मंसिर २, आईतबार ०८:३५ बजे

झापा – जंगली हात्तीको आक्रमणबाट झापा दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा एक पुरुषको मृत्यु भएको छ। गएराति करिब दुई बजे दीपज्योति टोलमा जंगलबाट आएको हात्तीले आक्रमण गर्दा स्थानीय ४५ वर्षीय मीनबहादुर भट्टराईको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले दिएको जानकारी अनुसार स्थानीय सुबिन भट्टराईको भान्सा घर भत्काउन लाग्दा धमाउन गएका भट्टराईलाई हात्तीले आक्रमण गरेको हो।