प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर २ मा १ हजार ७७ मतले अघि महेश बर्तौला, कसले कति मत पाए ?

२०७९ मंसिर ७, बुधबार १२:०४ बजे

हेटोंडा – मकवानपुर क्षेत्र नं.२ मा नेकपा एमालेका महेश बर्तौलाले मतान्तर बढाउँदै छन् ।  

पछिल्लो मतपरिणाम अनुसार ५५ हजार ४९९ मत गणना गर्दा खतिवडा भन्दा बर्तौला १ हजार ७७ मतले अघि छन् । बर्तौलाले २१ हजार ८४४ मत प्राप्त गरेका छन् ।

उनका निकट्तम् प्रतिद्वन्दी एकीकृत समाजवादीका विरोध  खतिवडाले २० हजार २६७ मत ल्याएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली ७ हजार ७२० मतसहित तेस्रो स्थानमा छन्।