प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मुख्यमन्त्री जम्कट्टेलद्वारा नवनिर्मित प्रहरी चौकीको भवन उद्घाटन

२०८० भाद्र ६, बुधबार १३:४२ बजे

हेटौंडा – बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नवनिर्मित प्रहरी चौकी ठुलोदमार मकवानपुरको भौतिक संरचना उद्‍घाटन गरिएको छ । बुधबार आयोजित एक कार्यक्रमकाबिच बागमती प्रदेशका मुख्यमन्त्री माननिय शालिकराम जम्कट्टेलले उद्घाटन गरेका हुन् ।

ठूलो दमार प्रहरी चौकीमा १८ जना जनशक्ति रहनसक्ने गरी साढे दुई तले कार्यालयसहितको ब्यारेक भवन उद्घाटन गरिएको हो । भवन निर्माणका क्रममा रू दुई करोड ३५ लाख ८६ हजार खर्च भएको बताईएको छ ।

समुद्‌घाटन कार्यक्रममा बोल्दै मन्त्री जम्कट्टेलले प्रदेश प्रहरीको भौतिक पुर्वाधारहरुको विकास लगायत प्रहरीको क्षमताहरुको अभिवृद्दिको लागि प्रदेश मन्त्रालयहरुबाट निरन्तर सहयोग भैरहने बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्री माननीय श्री गंगा नारायण श्रेष्ठ, बागमती प्रदेश सांसद माननीय श्री प्रेम बहादुर पुलामी, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा, प्रमुख सचिव श्रीमान घनश्याम उपाध्याय, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइँलगायतको सहभागिता थियो ।