प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

संसारकै अग्लो बुद्धको मूर्ति बन्ने

२०७९ चैत्र ३, शुक्रबार ०६:०९ बजे

तौलिहवा – संसारकै सबभन्दा ठूलो अर्थात् २४५ मिटर अग्लो कपिलवस्तु नगरपालिकाभित्र बुद्धको मूर्तिसहित पार्क निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विइ सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले हस्ताक्षर गर्नुभएको हो ।

जसमा कपिलवस्तु नगरपालिकाले बुद्धको प्रतिमा बनाउने ठाउँ, प्रतिमाको साइज पहिचान गरी कार्यपालिकाले पारित गर्नेछ र नेपालको प्रचलित कानुन अनुसार सम्बन्धित सरकारबाट सम्बन्धन लिइनेछ । त्यस्तै ठाउँ निश्चित भएपछि इन्टरनेशनल बुद्विष्ट सेन्टरले आर्थिक प्रस्तावना तयार पार्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले ३ वटा बुद्धको जन्मथालोका रूपमा रहेको कपिलवस्तुका विकासमा यो मूर्ति निर्माणले नयाँ आयाम थपिने विश्वास छ । मूर्ति निर्माणका लागि जग्गाको यकिन गरी सो जग्गाको स्वामित्वका विषयमा पहल नगरपालिकाले गर्नेछ । मूर्ति र पार्क निर्माणका लागि प्रारम्भिक ३० अर्बभन्दा बढी बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।