प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

२०७९ फाल्गुन १५, सोमबार १५:२४ बजे

हेटौंडा – मोरङको बुढीगंगा गाउँपालिका ४ मा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

आज(सोमबार)बिहान ९ बजे बा ६३ प ७२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा अन्दाजी २८–२९/३०–३५ वर्षीय दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार मृतक दुई पुरुषको सनाखत भएको छैन । दुर्घटनामा घाइते भएका दुबैको उपचारको क्रममा बिराट टिचिङ अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।