हेटौंडा – गएराती जिप दुर्घटना हुँदा गुल्मीमा सह–चालकको घटनास्थलमै मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
मृत्यु हुनेमा बाग्लुङको बडिगाड गाउँपालिका ९ का १८ वर्षीय किशोर केसी रहेका छन् ।
गुल्मीको मालिका गाउँपालिका २ खल्टिङ खोलामा दर्लिङबाट बाग्लुङको भिमगिठेतर्फ जाँदै गरेको लु १ च ९९ ११ नम्बरको जिप गएराती पौने १० बजे ब्रेक फेल भएर दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार घाइते भएका जिप चालक सोही ठाउँका २१ वर्षीय प्रेम बहादुर केसीको उपचार पाल्पाको प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा भइरहेको छ ।
सडकदेखि अन्दाजी १५० मिटर तल खसेको प्रहरी चौकी पौदिअमराई गुल्मीले जनाएको छ ।