प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७८ चैत्र १९, शनिबार ०३:३२ बजे

हेटौंडा – गएराती ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । ललितपुरको ललितपुर महानगरपालिका ७ ग्वार्कोमा ट्याङकरको ठक्करबाट मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जनको मृत्यु भएको हो ।

गएराती पौने ८ बजे बा २ ख ६५१० नम्बरको ट्याङकरले पैदलयात्री उनलाई ठक्कर दिएको थियो । घाइते उनलाई उपचारको लागि पाटन अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याङकर सहित चालक महानगरीय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेका छन् ।