प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

लागुऔषध सहित एक जना पक्राउ

२०७९ असार ३, शुक्रबार ०७:३७ बजे

हेटौंडा – प्रहरीले लागुऔषध खैरोहेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । बाँके नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध २ ग्राम खैरो हेरोईन सहित डुडुवा गाउँपालिका–५ बस्ने २५ वर्षीय उत्तम सार्कीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।