प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा उपमहानगरपालिकाद्वारा कृषि एम्बुलेन्स हस्तान्तरण

२०८१ पौष ९, मंगलबार १८:५४ बजे

हेटौंडा - हेटौंडा उपमहानगरपालिकाले कृषि क्षेत्रमा संलग्न कृषक समूहका उत्पादनलाई बजारसम्म सहज र सुरक्षित रूपमा पु¥याउनका लागि आवश्यक पर्ने कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ।

प्रतिस्पर्धा प्रक्रियाबाट छनोटमा परेको हेटौंडा–१३ मा रहेको आधामार कृषक समूहलाई एम्बुलेन्स प्रदान गरिएको हो। कृषि एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, हेटौंडा–१७ का अध्यक्ष उद्दब सत्याल, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमसहित वडा सदस्यहरूको उपस्थिति रहेको थियो।

यो एम्बुलेन्सको लागत ३४ लाख ९० हजार रुपैयाँ रहेको छ। नगर प्रमुख लामाले उक्त एम्बुलेन्स कृषकहरूको उत्पादनलाई सुरक्षित रूपमा बजारसम्म पु¥याउनका लागि महत्त्वपूर्ण हुने र कृषक समूहको आर्थिक सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्।

यस पहलमार्फत हेटौंडा उपमहानगरपालिकाले कृषकहरूको उत्पादन व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै कृषि क्षेत्रको प्रगतिमा योगदान पु¥याउने उद्देश्य राखेको छ।