प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा रातोमाटेबाट एक युवती पक्राउ

२०८० श्रावण २७, शनिबार १३:५९ बजे

हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका घर बताउने २२ वर्षीया नानु घलान रहेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले नाराणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना.८ ख ७३४६ नम्बरको बसमा सवार घलानलाई करिब ५ केजी लागूऔषध गाँजा सहित शनिबार दिउँसो पक्राउ गरेको हो । उनलाई उक्त लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।