प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक जना घाइते

२०८० फाल्गुन २, बुधबार ०८:१७ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ बिजौनामा स्कुटर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय २९ बर्षीय राजेश घलान रहेका छन् ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरीबाट सुनाचुरीतर्फ जादै गरेको प्र.२–०३–००१ प ६१९ नम्बरको स्कुटर गएराति आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक घलान घाइते भएका हुन् । उनको स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनको टाउको र हातखुट्टामा चोट लागेको छ । स्कुटर इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएर राखेको छ ।सांकेतिक तस्बीर