काठमाडौं – थरपुबाट च्याङ्थापु सडकखण्डकोबीचमा शङ्कास्पद वस्तु भेटिएको छ । नेकपा एमालेको संकल्प यात्रालाई अवरोध गर्ने प्रयास स्वरूप त्यहाँ शङ्कास्पद वस्तु राखिएको हो । सुरक्षाकर्मीको टोली त्यहाँ खटिएको छ ।
नेकपा एमालेको मध्यपहाड केन्द्रित संकल्प यात्राका लागि टोली आज फिदिमबाट च्याङथापु हुँदै चिवाभञ्ज्याङतर्फ जाँदै छ । चिवाभञ्ज्याङ पुगेर एमालेले समृद्धिका लागि संकल्प यात्रा समापन गर्दै छ । एमाले नेताहरू चढेको गाडी पुलावारि नै होल्ड गरिएको छ । अध्यक्ष केपी शर्मा ओली भने हेलिमार्फत चिवाभञ्ज्याङ जाने कार्यक्रम रहेको छ । नेपाल प्रेसबाट