हेटौंडा – नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँ घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुन प्रतितोला ९७ हजार र चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार सुन प्रतितोला ९८ हजार रुपैयाँ र चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।