हेटौंडा – काठमाडौंको बालाजुमा बुधबार बेलुकी भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौको चन्द्रागिरी नगरपालिका २ का अन्दाजी ३९ बर्षीय संजिव कार्की रहेका छन् ।
उनको उपचारको क्रममा महाराजगंज स्थित त्रि.वि शिक्षण अस्पतालमा राती साढे २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बा६च ४८११ नम्बरको टाटा डि.आई. भ्यान र बा७५प २२५९ नम्बरको मोटरसाइकल बुधबार बेलुकी सवा ८ बजे बालाजु स्थित भाटभटेनी डिर्पामेन्टल स्टोर अगाडी सडकमा आपसमा ठोक्किँएको थियो । दुवै सवारी साधन र भ्यान चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।