प्रहर खबर
 २०८३ भाद्र १९, शुक्रवार    

घर फर्किने बेला खोलाले लियो बोगटीको ज्यान

२०८० असार ११, सोमबार ०४:१८ बजे

हेटौंडा – खोला तर्ने क्रममा बगाउँदा बाजुरामा एक महिलाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिकामा– ३ र ४ वडामा पर्ने बार्जुगाड खोलाले बगाउँदा सोही गाउँपालिका–४ ग्वानी बस्ने संगिता बोगटी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार बोगटी मार्तडीबाट घर फर्किने बेला खोला तर्ने क्रममा बगाएर २० मिटर तल मृत अवस्थामा फेला परेकी हुन्।स्थानीयले महिलालाई खोलाले बगाएको खबर गरेपछि प्रहरीको टोली गएर खोजी गर्दा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।