प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बाल्टिनको पानीमा डुबेर १९ महिने शिशुको मृत्यु

२०८० मंसिर २७, बुधबार २०:०१ बजे

हेटौंडा – काठमाडौँमा बाल्टिनको पानीमा डुबेर १९ महिना शिशुको मृत्यु भएको छ । गोकर्णेश्‍वर नगरपालिका–५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडूवालकी १९ महिनाकी छोरी सुमित्रा बडूवालको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो ।

आफ्नै शौचालयमा रहेको बाल्टिनमा डुबेर अशक्त भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।