प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्रिपरले सुमोलाई ठक्कर दिँदा २ जनाको मृत्यु, ३ जना घाईते

२०८० फाल्गुन १८, शुक्रबार ०९:१५ बजे

मोरङ – बेलबारीमा ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।

मृत्यु हुनेको सनाखत भइरहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम गइरहेको सुमो गाडीलाई ओभरट्याग गर्नेक्रममा ट्रिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मे १ झ २८५६ नम्बरको सुमो गाडीलाई प्रदेश ०२–००१ ख ९६७६ नम्बरका ट्रिपरले ठक्कर दिएको थियो ।

ठक्करपछि गाडी प्रदेश ३ क ००१ ख २७१८ नम्बरको यात्रुबाहक बसमा समेत ठक्कर खाएको थियो ।

बुलेरोमा ५ जना रहेको तीन जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।