प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अमेरिका पठाइदिन्छु भनेर २३ लाख ठगी, एक महिला पक्राउ

२०८० पौष २६, बिहीबार ०८:५० बजे

काठमाडौं – अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार ठगेर फरार भएकी महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत छिन्।

बेन्जुले अमर बहादुर पुन नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र त्यसका लागि ५० लाख रूपैयाँ लाग्ने बताएकी थिइन्। रामबहादुरबाट पटकपटक गरी २३ लाख ५० हजार रूपैयाँ लिएपछि उनी सम्पर्कविहीन बनेकी थिइन्।

ठगिएका अमरबहादुरको उजुरीपछि बेन्जुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएकोकाठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीले जानकारी दिए।