प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आफ्नै श्रीमतीको चरित्रहत्या हत्या गर्ने मकवानपुरका एक पुरुष पक्राउ

२०८१ बैशाख २९, शनिबार १३:२१ बजे

हेटौंडा – सामाजिक सञ्जालमार्फत आफ्नै श्रीमतीको चरित्रहत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मकवानपुर छतिवन बकैया गाउँपालिका–७ चुलुङ्गा घर भएका २४ बर्षीय पुरुषलाई बिहीबार पक्राउ परेको हो । प्रहरी पक्राउ परेका व्यक्तिको नाम गोप्य राखेको छ ।

प्रहरीका अनुसार ती पुरुष मकवानपुर घर भई हाल काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्दै आएका पीडितकै श्रीमान् हुन् । वैदेशिक रोजगारीमा रहँदा वाट्स एपमा कुराकानी गर्ने क्रममा श्रीमानरश्रीमती बिचमा आदान प्रदान भएका गोप्य अङ्ग देखिने तस्विररभिडियो सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाएर अपलोड गरेको प्रहरीले जनाएको छ ।

पीडितको साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालहरूमा समेत पठाएर चरित्र हत्या गरेको भन्ने उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा ती पुरूषको संलग्नता खुल्न आएपछि उनलाई पक्राउ गरेको बताईएको छ ।

उनी उपर विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिएर प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।