प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाको बुद्धचोक नजिकै मोटरसाइकलले दियो साइकलयात्रीलाई ठक्कर

२०७९ आश्विन ९, आईतबार १५:२८ बजे

हेटौंडा – हेटौंडास्थित बुद्धचोक नजिकै आइतबार साँझ मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिएको छ । हेटौंडा उपमहानगरपालिका–५स्थित कान्तिलोकपथ सडकमा बागमती प्रदेश ०३–००४ प २८३९ नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परि साइकल चालक र मोटरसाइकलमा सवार दुई गरी तीन जना घाइते भएका छन् । उनीहरुको उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । दुबै सवारी प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइतेको पहिचान खुल्न बाँकी रहेको छ ।