मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित सार्वजनिक शौचालयबाट प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-११ नवलपुर बस्ने ४४ बर्षीय मनोज बर्तौला रहेका छन् ।
विशेष सुचनाको आधारमा पुगेको प्रहरीले बर्तौलालाई शंका लालेर चेकँजाच गर्दा उनको साथबाट खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ अन्दाजी १ ग्राम ३५० मिलीग्राम फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । बर्तौलालाई उक्त लागुऔषध सहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।