प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

आफ्नै घरको आँगनमा लडेर बुढाथोकीको ज्यान गयो

२०८० भाद्र १९, मंगलबार ०५:२० बजे

हेटौंडा – आफ्नै घरको आँगनमा लडेर काभ्रेपलाञ्चोकमा एक जनाको मृत्यु भएको छ । बनेपा नगरपालिका वडा नं.१३ भैसेपाटी बस्ने ५३ बर्षीय संखर बुढाथोकीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार बुढाथोकी सोमबार आफ्नै घरको आँगनमा लडेर घाइते भएका थिए । उनको उपचारका लागि शिर मेममोरियल अस्पताल बनेपा ल्याई
पुर्याउदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।