प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुनचाँदीको मूल्यमा गिरावट

२०७९ आश्विन २५, मंगलबार ०६:४१ बजे

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ९५ हजार २ सय रुपैयाँमा छापावाल सुन, ९४ हजार ७ सय रुपैयाँ प्रतितोलामा तेजावी सुन र १२ सय ३० रुपैयाँ प्रतितोलामा चाँदी खरिद बिक्री भएको थियो ।