हेटौंडा – ७४ वर्षीय वृद्धको हत्या गरेको अभियोगमा पाँच नाबालक सहित ६ जना पक्राउ छन् ।
रुकुम पश्चिम, मुसिकोट नगरपालिका–८ घोरखानी बस्ने ७४ वर्षीय जित बहादुर बुढाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय अनिल पुन, २ जना १७ वर्षीय किशोर, २ जना १६ वर्षीय किशोर र १४ वर्षीय किशोर रहेका छन् ।
प्रहरीका अनुसार पुर्ब रिसिईबिको कारण उनीहरुको कुटपिटबाट गम्भिर घाइते भएका बुढाको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको थियो । खबरप्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।