हेटौंडा – मकवानपुर प्रहरीले हेटौंडा उपमहागनरपालिका वडा नं.१५ बाट अबैध कपडा बरामद गरेको छ । बिशेष सूचनाका आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।
प्रहरीले वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ६९२ नम्बरको यात्रुबाहक बसको डिक्कीभित्र लुकाएर ल्याइएको अवस्थामा एकसय थान साडी र छसय थान सल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्कीका अनुसार कपडाको मूल्य करिब एकलाख ५ हजार रुपैयाँ बराबर रहेको छ । प्रहरीले कपडा बरामद गरी आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पथलैया पठाउने तयारी गरेको छ ।