मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिका–७, शिविरमा पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा दुई जना घाइते भएका छन्।
मनहरीबाट रमनटारतर्फ जाँदै गरेको ना २ ह १४ नम्बरको अटोलाई शुक्रबार जनकपुरतर्फ जाँदै गरेको भारतीय बस (MP13ZJ2403) ले ठक्कर दिँदा अटो चालक ३४ वर्षीय राजबहादुर घिमिरे र अटोमा सवार २४ वर्षीय विनोद थोकर घाइते भएका हुन्।
घाइतेहरूको प्रारम्भिक उपचार मनहरी अस्पतालमा गरिएको थियो भने थप उपचारका लागि चुरेहिल अस्पताल रिफर गरिएको छ। अटोमा क्षति पुगेको छ भने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।