प्रहर खबर
 २०८३ श्रावण ८, शुक्रवार    

हेटौंडामा शेयर सम्बन्धी कार्यक्रम सम्पन्न

२०७९ श्रावण ३, मंगलबार १२:४१ बजे

हेटौंडा – सिप्रवी सेक्युरिटिज प्रालिको आयोजना र मकवानपुर उद्योग वाणिज्य संघ र लियो क्लब हेटौंडाको सहकार्यमा एक दिवसीय शेयर सम्बन्धी कार्यक्रम शनिबार सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा सिप्रवी सेक्युरिटिजका जयन्त श्रीवास्तव, आई.एम.ई. पेका मनिष घिमिरे, स्मार्ट वेल्थका सुरज श्रेष्ठ, हिमालयन क्यापिटलका निमेश अधिकारीलगायतको कार्यक्रममा आतिथ्यता रहेको थियो भने हेटौंडाका उद्योगी/व्यवसायी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा शेयर लगानी सम्बन्धी प्रस्तुतिकरण सिप्रवी सेक्युरिटिजका जयन्त श्रीवास्तवले गरेका थिएभने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले शेयर लगानी हालको सन्दर्भमा महत्वपूर्ण आर्थिक गतिविधि भएकोले संघले शेयर सम्बन्धी कार्यक्रम गर्ने नीति लिएको बताउँदै त्यसैको कार्यान्वयनको हिसावले कार्यक्रम गरिएको बताए । उनले शेयरमा लगानी गरी सोबाट लाभ कसरी लिन सकिन्छ भनेर जानकारी गराउने उद्देश्यले यो कार्यक्रम महत्वपूर्ण रहेको बताए ।