प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार थापाको मृत्यु, अधिकारी गम्भीर

२०८० पौष ३, मंगलबार ०९:५७ बजे

हेटौंडा – बोलेरोले मोटरसाइकललाई ठक्कर दिदाँ चितवनमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटसाइकल चालक भरतपुर महानगरपालिका–१२ बस्ने ३० बर्षीय राम कृष्ण थापा रहेका छन् ।

भरतपुर महानगरपालिका–४ यज्ञपुरीचोकमा सोमबार बा १९ चं. ३४६४ नम्बरको बोलेरोले बा.प्र.०६–००२ प २०७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक थापा र पछाडी सवार तँनहु सतिश्वारा गाउँपालिका ४ बस्ने ३५ बर्षीय राजेन्द्र बहादुर अधिकारी गम्भीर घाइते भएका थिए ।

उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर पठाइकोमा उपचारको क्रममा मंगलबार विहान चालक थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।