प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाली सेनामा जागिर खुल्यो, २२९ अधिकृत क्याडेटका लागि दरखास्त आब्हान

२०८० कार्तिक १७, शुक्रबार ०८:३६ बजे

काठमाडौं – नेपाली सेनामा जागिर खुलेको छ । सैनिक साधारण सेवा समुह अन्र्तगत २२९ जना अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको हो ।

सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि शुक्रबार सार्बजनिक सुचना जारी गरी आवेदन माग गरेको हो ।

नेपाली सेनाका लागि २२९ अधिकृत क्याडेट खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्ति गरिने जनाईएको छ । जसअनुसार सैनिकका सन्तती १२, खुल्लातर्फ १२२, महिला १७, आदिबासी÷जनजाति ३३, मधेसी २७, दलित १५ र पिछडिएको क्षेत्रबाट ३ सहित कुल २२९ जना अधिकृत क्याडेट माग गरेको हो ।

आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिने सेनाले जनाएकाे छ ।

दरखास्त आह्वान सुचना हेर्न यहाँ क्लीक गर्नुहोस् ।