प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गायिका रचना रिमाल सवार गाडी दुर्घटना

२०८० माघ १४, आईतबार १७:४९ बजे

दाङ – गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ। नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा आउँदै गर्दा बाँकेको सिक्टा नजिकै बा प्र ०३०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको हो ।

आज अपरान्ह पौने ५ बजेको समयमा पुर्व बाट पश्चिम तर्फ गैरहेको ट्रकले ठक्कर दिएको थियो । गायिका रिमाललाई केही नभएको र आफुलाई घुँडामा समान्य चोट लागेको खनालले बताए । गाडीमा रिमाल सहित तीन जना सवार थिए ।