काठमाडौं – मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक जना पक्राउ परेका छन् ।
बुटवल १२, बुद्धनगरस्थित क्यालोरी चर्च बुटवलका पास्टर कञ्चनपुर जिल्ला निवासी ३५ वर्षीय राजेन्द्र गोतामेलाई प्रहरीले पक्राउ गरेको हो ।
‘मृत्यु भएको भनिएको व्यक्तिलाई जीवित गराइएको’ भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएपछि प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको थियो ।
इलाका प्रहरी कार्यालय बुटवलले आरोपित गोतामेलाई सोमबार बिहान ९ बजे चर्चबाट पक्राउ गरेको हो ।यसबारे प्रहरीले थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।