प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा एक युवक आफै सुत्ने कोठामा मृत भेटिए

२०८० कार्तिक ७, मंगलबार १४:११ बजे

हेटौंडा – मकवानपुरमा सोमबारराति एक युवक आफै सुत्ने कोठामा मृत अवस्थामा भेटिएका छन् ।

मनहरी गाउँपालिका वडा नं. ७ प्रतापपुर बस्ने २४ बर्षीय कुमार श्रेष्ठ आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनी आफु सुत्ने कोठाको बलोमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भएको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।