प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना

२०८० कार्तिक ३, शुक्रबार १७:०९ बजे

हेटौंडा – मकवानपुरमा यात्रुबहाक बस दुर्घटना भएको छ । जिल्लाको बकैंया गाउँपालिका वडा नं.५ तीनतलेमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार मदन भण्डारी राजमार्ग अन्तगर्त हेटौंडाबाट बकैंया गाउँपालिकातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको यात्रुबहाक बस दुर्घटना भएको हो । घटनास्थमा प्रहरीको टाली पुगेर उद्धार गरी घाइतेहरुलाई उपचारका लागि ल्याउने कार्य भइरहेको उनले बताए । घटनाको विस्तृत बिवरण आउन बाँकी छ ।