प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

४५ वर्षीया महिलालाई करणी अभियोगमा एक युवक पक्राउ

२०८० आश्विन २८, आईतबार १७:४६ बजे

हेटौंडा – ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचिनगर नगरपालिका–११ बाँसबारी टोल बस्ने २६ वर्षीय करण कवर रहेका छन् ।

करणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले कवरलाई शनिबार दिउँसो पक्राउ गरेको हो । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।