प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मोटरसाइकल गोरु गाडामा ठोक्किँदा दुई जनाको मृत्यु

२०८० असार १२, मंगलबार १४:१५ बजे

कैलाली – कैलाली घोडाघोडी नगरपालिका-१० मा गोरु गाडा र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक गौरीगंगा नगरपालिका-९ बस्ने २१ वर्षीय असीम राजवंशी र २७ वर्षीय बिजेन्द्र चौधरी रहेका छन् ।

उनीहरु सवार से५प ७५७८ नम्बरको मोटरसाइकल घोडाघोडी नगरपालिका(१० स्थित पूर्वपश्चिम राजमार्गमा गोरु गाडासँग ठोक्किएको थियो । चालक राजवंशीको उपचारको क्रममा घोडाघोडी अस्पताल र चौधरीको धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।