हेटौंडा – सिन्धुली हरिहरपुरगढी गाउँपालिका– ७ का वडा सचिव ५० वर्षीय प्रेम बहादुर रायक्षेत्रीको माहुरीले टोकेर मृत्यु भएको छ ।
बागमती प्रहरी प्रहरी कार्यालयका अनुसार रायक्षेत्री वडा कार्यालयबाट घर फर्किने क्रममा माथिल्लो पथराईस्थित आफ्नै घरमुनी बाटोमा जंगली घारे माहुरीले टोकोको थियो ।
माहुरीको टोकाईबाट रायक्षेत्री बाटोमा बेहोस भएर लडेरको अवस्थामा भेटिएका थिए । स्थानियले देखेपछि तत्काल उपचारको लागि नमुना अस्पताल हरिवन लगिएकोमा उपचारको उनको क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ ।