हेटौंडा – मकवानपुर प्रहरीले लागू औषध गाँजा मुद्धाका फरार प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नं.१२ भञ्जाङ बस्ने ६९ बर्षीय नाईके भन्ने धनमाँया लामा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विंसं.२०६८ माघ १ गते लामाको घर पछाडि बारीमा लुकाएर राखेको अवस्थामा १ हजार ४४० किलो लागुऔषध गाँजा बरामद गरेको थियो । उक्त लागुऔषध गाँजा बरामद भएपछि उनी फरार भएका थिए ।
खोजतलाश गर्ने क्रममा विंसं.२०८० असोज २९ गते बिहान ४ बजेर ३० मिनेटको समयमा लामालाई आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।