प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाका तीन युवक प्रहरीको फन्दामा

२०७९ मंसिर २०, मंगलबार १२:०८ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१ं बसपार्कबाट लागुऔषध सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–१२ बस्ने २५ वर्षीय बिशाल घलान, हेटौंडा–१४ बस्ने २१ वर्षीय विजय रिजाल र हेटौंडा–१७ बस्ने २० वर्षीय शर्मिला भोम्जन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बसपार्कमा शंकास्पद रुपमा हिडिरहेका तीनै जनालाई सोमबार लागूऔषध नाईट्राभेट सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट गाँजा २०० ग्राम र नाइट्राभेट २७ ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । उनीहरुमाथि उक्त लागूऔषध सहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।