मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेक पोईन्टबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२, सुनारेसहर बस्ने अन्दाजी ३२ वर्षीय दुर्गा लामा रहेका छन् ।
पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले आइतबार हेटौंडाबाट पथलैया तर्फ जादै गरेको बा.प्र.०३–००१ ज ०३०३ नम्बरको माईक्रोलाई चेकजाँच गर्ने क्रममा उक्त माईक्रोमा सवार लामालाई २ किलोग्राम लागुऔषध गाँजा सहित पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
लागुऔषध गाँजा सहित लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।