काठमाडौं – सप्तरीमा घाँटी रेटी एकजनाको हत्या भएको छ। गएराति जिल्लाको कञ्चनरूप नगरपालिका– १ बैरबामा स्थानीय ५० वर्षीय पप्पु राउतको शव घाँटी रेटी हत्या भएको अवस्थामा फेला परेको हो।
बेपत्ता राउत मंगलबार बिहान राउतको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाँटी रेटी हत्या गरिएको शव फेला परेसँगै घटनाको सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।