प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

लागुऔषध गाँजा सहित तीन जना पक्राउ

२०७९ बैशाख २८, बुधबार ०७:५२ बजे

हेटौंडा – अवैध लागुऔषध गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका–२१ बाट करिब १५ किलो अवैध लागुऔषध गाँजा सहित भारतीय नागरिक २४ वर्षीय सुरज पाण्डे समेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना।२ ह १३६४ नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा २ ओटा बोरामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी अटो चालक पाण्डे समेत ३ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।