प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दुर्घटनामा घाइते भएका हेटौंडाका तितुङको मृत्यु

२०७९ माघ १४, शनिबार ०८:२८ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकामा ट्याङ्करको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ जाते बस्ने ४० वर्षीय शंकरत्न तितुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट भरतपुरतर्फ जाँदै गरेको ना ७ ख ८४७८ नम्बरको ट्याङ्करले विपरित दिशाबाट जाँदै आउँदै गरेको ना १४ प ९९४३ नम्बरको मोटरसाइकलले मनहरी गाउँपालिका वडा नं.६ मा शुक्रबार साँझ ठक्कर दिएको थियो ।

ट्याङ्कर चालक चितवन राप्ती नगरपालिका–२ बस्ने ३६ वर्षीय ईश्वर बर्तौला प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।