प्रहर खबर
 २०८३ श्रावण ९, शनिवार    

मकवानपुरको मतपरिणाम अपडेटः तीन पालिका र ५७ वडा फाइनल, कहाँ कसले जिते ?

२०७९ जेठ २, सोमबार ०९:२२ बजे

हेटौंडा – स्थानीय तह निर्वाचन अन्तर्गत मकवानपुरको १० स्थानीय मध्ये तीन पालिका मत गणना सम्पन्न भएको छ भने १ सय २ वडा मध्ये ५७ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।

सोमबार दिउँसो ३ बजेसम्ममा मकवानपुरको भिमफेदी र इन्द्रसरोबर गाउँपालिकाको मतगणनाको अन्तिम नतिजा आएको हो । जसमा इन्द्रसरोबरमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको छ । भिमफेदीमा नेकपा एमालेले अध्यक्ष जित्दा गठबन्धनबाट नेपाली कांग्रेसले उपाध्यक्ष जितेको छ ।

त्यस्तै पालिकामध्य कैलाशको १०, भिमफेदीको ९, थाहा नगर र बकैयाको ७–७, इन्द्रसरोबरको ५, हेटौंडा उपहानगरपालिकाका, मनहरी, मकवानपुरगढी र राक्सिराङ ४–४ वडाको नतिजा सार्वजनिक भएको छ भने बागमतीको ३ वडाको मत परिणामा सार्वजनिक भएको छ ।

जसमा सबैभन्दा धेरै नेपाली कांग्रेसले २४, नेकपा एमाले १७ र नेकपा माओवादी केन्द्रले १६–१६ वटा वडामा जित हाँसिल गरेको छ ।
कहाँ कसले बाजी मारे ?

भिमफेदी गाउँपालिका
अध्यक्षः– हिदम लामा(एमाले)
उपाध्यक्षः– संजिब श्रेष्ठ(नेका)
वडा नम्बर १ मा सोम बहादुर स्याङ्तान(नेका)
वडा नम्बर २ मा कासिराम बन्यु(एमाले)
वडा नम्बर ३ मा पृति लाल लामा (माओवादी)
वडा नम्बर ४ मा सागर पाण्डे(एमाले)
वडा नम्बर ५ मा जाहार सिं लामा(एमाले)
वडा नम्बर ६ मा सोम बहादुर घलान(नेका)
वडा नम्बर ७ मा मित्र बन्धु सिजाली(नेका)
वडा नम्बर ८ मा विष्णु बहादुर लामा(एमाले)
वडा नम्बर ९ मा विष्णु प्रसाद पुडासैनी(एमाले)

कैलाश गाउँपालिका
अध्यक्षः– लोक बहादुर मुक्तान(नेका)
उपाध्यक्षः– बालकुमार मल्ल(माओवादी)
वडा नम्बर १ मा तेज बहादुर ब्लोन(नेका)
वडा नम्बर २ मा राजेन्द्र तामाङ घिसिङ(नेका)
वडा नम्बर ३ मा देबलाल बल(माओवादी)
वडा नम्बर ४ मा तीलक बहादुर मुक्तान(माओवादी)
वडा नम्बर ५ मा छेकु लामा(एमाले)
वडा नम्बर ६ मा राम बहादुर गोम्बा(एमाले)
वडा नम्बर ७ मा उदास कुमार भोलन(नेका)
वडा नम्बर ८ मा अशिष प्रजा(नेका)
वडा नम्बर ९ मा भुवन सिं घलान(नेका)
वडा नम्बर १० मा सुर्य बहादुर ब्लोन(एमाले)

इन्द्रसरोबर गाउँपालिका
अध्यक्षः– देवकृष्ण पुडासैनी(एमाले)
उपाध्यक्षः– उमाकुमारी लामा(एमाले)
वडा नम्बर १ मा सुवास थापा(नेका)
वडा नम्बर २ मा सुमन श्रेष्ठ(नेका)
वडा नम्बर ३ मा प्रताप भाम्जन(एमाले)
वडा नम्बर ४ मा चन्द्र कुमार बाल(एमाले)
वडा नम्बर ५ मा दुतराज तितुङ(नेका)

थाहा नगरापलिका
वडा नम्बर १ मा हेरमान गोपाली(माओवादी)
वडा नम्बर २ मा बमबहादुर सिंतान(माओवादी)
वडा नम्बर ३ मा हिरेन्द्र कुमार रायमाझी(माओवादी)
वडा नम्बर ४ मा नारायण लामा(माओवादी)
वडा नम्बर ५ मा विष्णु बहादुर गुरुङ(एमाले)
वडा नम्बर ६ मा राजेन्द्र भक्त श्रेष्ठ(नेका)
वडा नम्बर ७ मा विनायक गोले(आमोवादी)

बकैया गाउँपालिका
वडा नम्बर १ मा आशिष तितुङ(माओवादी)
वडा नम्बर २ मा विश्वराज स्याङतान(माओवादी)
वडा नम्बर ६ मा फुल बहादुर भोम्जन(एमाले)
वडा नम्बर ८ मा विष्णु नेघि(माओवादी)
वडा नम्बर १० मा कमला वाइबा(नेका)
वडा नम्बर ११ मा गोपाल बहादुर नेसुर(नेका)
वडा नम्बर १२ मा ज्ञानेन्द्र बजागाई(नेका)

मनहरी गाउँपालिका
वडा नम्बर १ मा शिव प्रसाद खनाल(नेका)
वडा नम्बर २ मा राजकुमार पाख्रीन(माओवादी)
वडा नम्बर ३ मा सानुकाजी लुइटेल(नेका)
वडा नम्बर ४ मा प्रकाश थापा(माओवादी)

मकवानपुरगढी गाउँपालिका
वडा नम्बर १ मा आइत सिंह लो(नेका)
वडा नम्बर २ मा बखान सिं पाख्रीन(नेका)
वडा नम्बर ७ मा सुर्य बहादुर रुम्बा(नेका)
वडा नम्बर ८ मा कुमार घिसिंङ(नेका)

बागमती गाउँपालिका
वडा नम्बर १ मा यहुन्ना राई(माओवादी)
वडा नम्बर २ मा जनक पहरी(माओवादी)
वडा नम्बर ३ मा कमान सिं पाख्रीन(माओवादी)

राक्सिराङ गाउँपालिका
वडा नम्बर १ मा बाबीराम मुक्तान(एमाले)
वडा नम्बर २ मा बुद्धराम मुक्तान(नेका)
वडा नम्बर ३ मा उत्तम वाइबा(एमाले)
वडा नम्बर ४ मा संजय कोइराला(एमाले)

हेटौंडा उपमहानगरपालिका
वडा नम्बर १ मा सविन न्यौपाने(नेका)
वडा नम्बर २ मा कृष्ण गोपाल महर्जन(नेका)
वडा नम्बर १८ मा अनिल कुमार बानियाँ(एमाले)
वडा नम्बर १९ मा नरनाथ सुवेदी(एमाले)