प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा अटो दुर्घटना

२०७९ माघ ४, बुधबार १३:११ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–३ कामीडाँडास्थित भित्री सडकखण्डमा अटो दुर्घटनामा भएको छ ।

बस्तिपुरबाट भुर्लुङटाडीतर्फ जाँदै गरेको ना.२.ह १०५९ नम्बरको अटो आफै अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तलखोल्सामा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा अटो चालक मनहरी गाउँपालिका–३ रातोमाटे बस्ने अन्दाजी ४५ वर्षीय निलकण्ठ पुडासैनी गम्भिर घाइते भएका छन् । उनको उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पताल पठाएको प्रहरीले जनाएको छ ।