प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

हवाई भाडा पनि बढ्यो, कुन ठाउँको कति ?

२०७९ असार ६, सोमबार ११:२७ बजे

काठमाडौं – नेपाल वायुसेवा सञ्चालक संघले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हवाई भाडा पनि बढेको छ। संघले सोमबार हवाई भाडा बढाएको हो। हवाई इन्धनको मूल्य बढेकाले आन्तरिक उडानमा हवाई भाडा वृद्धि गरिएको संघले जनाएको छ।

नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइट ६५५ रुपैयाँसम्म वृद्धि भएको छ। काठमाडौं–भद्रपुर ५७०, काठमाडौं–विराटनगर ४५५, काठमाडौं–धनगढी ८४० रूपैयाँसम्मले भाडा बढेको छ। यस्तै काठमाडौं(पोखरा ३०० रूपैयाँले भाडा बढेको छ।

नयाँ हवाई भाडादर बुधबारबाट लागू हुने संघले जनाएको छ। निगमले १९ रुपैयाँ प्रतिलिटर हवाई मूल्य बढाएको थियो। जस अनुसार, प्रति लिटर १८५ रुपैयाँ पुगेको छ।

यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै  अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा ५.३ प्रतिशतदेखि अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको थियो ।

air fair